नेपाली पप गीत : मेरो प्यारो मान्छे तिमी

~बसन्त चौधरी ~

(मेरो प्यारो मान्छे तिमी एक्लै नजाउ न
जाने भए मलाई पनि साथै लैजाउ न)X२

(जब तिमी नजिकिन्छौ मेरो वैश फुल्छ
मुस्कुराउँदै हेरी दिंदा मनको दैलो खुल्छ)X२

एक्लै अब भीडबाट नहरैदेउ न
जाने भए मलाई पनि साथै लैजाउ न
@साहित्य सङ्ग्रहालय
(तिम्रो खुशी सँग मेरो जुनतारा हाँस्छ
तिम्रै इच्छा मै त मेरो धर्ती आकाश बाँच्छ)X२

त्यही छातीको चौतारीमा सुस्ताउन देउ न
जाने भए मलाई पनि साथै लैजाउ न

मेरो प्यारो मान्छे तिमी एक्लै नजाउ न
जाने भए मलाई पनि साथै लैजाउ न

शब्द : बसन्त चौधरी
सङ्गीत : न्ह्यु बज्रचार्य
स्वर : सिने गुरुङ
एल्बम : रीफ्लेक्सन अफ लभ

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.