गीत : मन्दिरमा छ कि मूर्तिमा माया

~किरण खरेल~

मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धूलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ, कहाँ? कहाँ छ माया?

एक अञ्जुली मायाको लागि पलपल हृदय चर्कन्छ
साउन र भदौ बनेर आँखा वर्षौं वर्षा वर्षन्छ
हाँसोमा छ कि आँसुमा माया
फूलमा छ कि काँडामा माया
कोही देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ? कहाँ छ माया?

एउटी आमा जिउँदै जल्छे छोराको माया ममतामा
एउटा छोरो मरेर बाँच्छ आमाको सपना विपनामा
रगतमा छ कि नातामा माया
विश्वासमा छ कि बाचामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ? कहाँ छ माया?

रचना : किरण खरेल
सङ्गीत : शम्भुजित बाँस्कोटा
स्वर : नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.