~सरल सहयात्री पौडेल~
भन्थ्यौ रे पहिले पहिलेपनि
देखाइदिन्छु म
नपत्याएको हो
भन्दैमा देखिने कुरा होइन
वास्ता नगरेको हो
सुन्दैमा सत्य हुने होइन
सुन्थें पहिले जहिलेपनि
कोठाभित्र तिमीले बारम्बार देखाउने गरेका छौ रे ।
कोठाभित्र देखाउन त पाउनुपर्छ – म भन्थें
अरुले भन्थे
सबैले भन्थे – के फरक पर्छ र
त्याहाँ कि त केबल आफु हुन्छ
कित आफ्नी अर्कि हुन्छे ।
मैले सुनें – त्यसो होइन रे
वैठक कोठामा उभिएर
वाबु आमा को छेउमा
दाजु भाइको छेउमा
दिदी वहिनीको छेउमा
पाहुनाहरुको छेउमा
छ्याङछ्याङती पो देखाएका रे
प्रतिवादका गोली वर्षाउदै मैले भनें-
उनी नैतिकवान हुन्
उनी वुद्धिमान हुन्
उनी निष्ठावान हुन्
भन्ने कुरा फरक होलान्
त्यसरि उनले देखाउनै सक्तैनन्
उनीप्रतिको मेरो आदर्श
आज चक्नाचुर भयो
घर बाहिर निस्केर िपंढिमा होइन
वलेसिमा होइन
आगनमा होइन
आगनको पर्खालमा होइन
उनले त छिमेकिको वारतलिमा उग्लेर
छयाङछयाङति नै देखाइदिए
जस्ताको तस्तै देखाइदिए
देखाउनेलाइ भन्दा हेर्नेलाइ लाज
विचरा आफन्तजन
लाजले तिनीहरुको मुन्टो निहुरिन पुगे ।
– सरल सहयात्री
२०६७ पौष २६
January 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)