~थरेन्द्र बराल~
साॅघु पाटि बजारैमा सेल रोटिको खाजानि साईला
हिजो मात्रै झल्को लाग्यो भेट भयो आजनि साईला ।
आ है लरीबरी ल है मायालु ओरिपरि ल है,
शिरमा लाउने ढाका टोपी देब्रे तिर खस्योनि साईला
जता खस्यो हो ढाका टोपी तेतै माया बस्योनि साईला
माथि पर्योहो मिल्केमा डाॅडा चालिसेमा घरछ नि साईला
जोगिए हिडौ है माया के के पर्छ पर्छनि साईला ।
धानै रोप्नु हो मेहेले टारमा लगाई खेल्नु पर्मनि साईला
छुटिनलाई मनै छैन कहिले पुग्नु घरमानि साईला ।
आ है लरिबरी ल है मायालु ओरिपरी ल है ,
शब्द लय स्वर-थरेन्द्र बराल / बिसाल राई / बलराम समाल
रेकर्डिङ- 2062साल
– राजगढ, झापा, हाल : कपन, काठमाडौँ