~लाक्पा शेर्पा समर्पित~
यौवनको उन्मादिलो मात दिने वाचा गरिन्
बासनाले भरिएको एक रात दिने वाचा गरिन्
मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी
प्यासहरू मेटिदिन्छु आँत दिने वाचा गरिन्
अटुट नाता जोडेर दुख जति आफै लिने अरे
जुनीभरि बाँधी राख्ने साथ दिने वाचा गरिन्
निराशाको सुस्केरामा बिते कैयौँ ती वर्षहरू
चोखो पिरतीको एक बात दिने वाचा गरिन्
दु;खपीडा जिन्दगीको पन्छाउला दुवै मिलेर
खुशियाली बहारको खात दिने वाचा गरिन्
जीवनको चिन्ता छाड मलाइ आफ्नै मानेर
जुनीभरि सहाराको हात दिने वाचा गरिन् ।।
लाक्पा शेर्पा समर्पित(नेपाल)
ताप्लेजुङ, हाल : लालझाडी गाउपालिका, कञ्चनपुर, नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )