~आशांक उपाध्याय~
नलेखी बस्न खोज्दा के लेखियो जिन्दगी यो
बलेसी बग्न खोज्दा समेटियो जिन्दगी यो
हुँदैथें भावहीन झर्न खोज्यो आँशु किन ?
परेली खस्न खोज्दा अँचेटियो जिन्दगी यो
भरको त्यही मियो यो मनको माझ थियो
मुटुमा पस्न खोज्दा लखेटियो जिन्दगी यो
बाटोको ढुंगा सरि पीडै पिडा छाती भरि
मुठ्ठीमा कस्न खोज्दा काँ? देखियो जिन्दगी यो
फुल्दैन फूल मित्र त्यो उराठ बाग भित्र
कालैले डस्न खोज्दा लौ भेटियो जिन्दगी यो