गजल : माना नभएर पो त

~करुण थापा~

मेरो दुःख नाप्ने कुनै माना नभएर पो त
खाँदैछु म हजार चोट खाना नभएर पो त

भजन गाएँ लोरी गाएँ सुतेनन् ती भोका बच्चा
पेट भर्ने कुनै पनि गाना नभएर पो त

जून तारा हेर्दै सुत्छु सुखी नठान्नु है मलाई
त्यो त मेरो थोत्रो घरको छाना नभएर पो त

पेट अनि भोक दिने त्यस्तो अपराधीलाई
थुन्थें तर थुन्ने कुनै थाना नभएर पो त

मन्दिरमा छरिएका अन्न किन हेर्छ करुण
खानलाई घरमा एकै दाना नभएर पो त

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.