गजल : शहर नियालेर बसेको छु

~‘अभिलाषी’ शारदा राई~

मध्य राती झिलमिल शहर नियालेर बसेको छु
साथमा छ एक टुकी त्यसैलाई बालेर बसेको छु !!

मनको पीडा वेदनालाई दवाएर आफै भित्र सबै
मौनतामा एकोहोरिएर हाँसो फालेर बसेको छु !!

रित्तो रित्तो छु म आज शहरको यो भिँडहरुमा
रम्ने मनलाई जबर्जस्ती भित्रै गालेर बसेको छु !!

मन सँगै तन पनि निशब्द हलचल बन्दै छ मेरो
जीवनरुपी संगममा ठूलो रोग पालेर बसेको छु !!

छ मन भरी वेदना र अतीतका अन्तरङ्ग लहर
नचाहेरै हृदय भरीका पीडाहरु टालेर बसेको छु !!

शारदा राई “अभिलाषी”
बिराटचोक मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.