लोक गीत : पर्नु पर्‍यो पिर

~बुद्धिकृष्ण लामिछाने~

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(एउटी भन्छे कन्ती किन्देउ अर्की भन्छे कराइ,
कराइ किन्न नसकेर खाटबाट लडाई, मलाई खाटबाट लडाई ।। )X2
@साहित्य सङ्ग्रहालय

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(एउटी भन्छे घरै बस्ने अर्की शहर जाने,
शहर जान नपाएर मेरो जुङ्गा तानी, उस्ले मेरो जुङ्गा तानी)X2

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(एउटी परी छोटि छोटि अर्की मोटी मोटी,
दुईटीको झगडाले च्यात्यो मेरो धोती, हजुर च्यात्यो मेरो धोती)X2
@साहित्य सङ्ग्रहालय

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(घरको काम छुँदै छुन्न भन्छन् दुई ओटी, जेठा भन्छन् दुई ओटी
भान्छा बन्द गरिदिए जेठा टोक्छु बासी रोटी )X2

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा हातमा दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(राम्रो काम होईन भन्छन मेरा इष्ट मित्र,जेठा मेरा इष्ट मित्र
जेठि कान्छी कुस्ती खेल्छन् म त लुक्छु डोका भित्र,लुक्छु डोका भित्र )X2

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर @साहित्य सङ्ग्रहालय
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(सौता हलिदियो भनी रिसाएर होला, जेठा रिसाएर होला
जेठि आई लौरो टिपी म त भागेँ खोलैखोला, भागेँ खोलैखोला)X2

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

शब्दसङ्कलन , स्वर , सङ्गीत : बुद्धिकृष्ण लामिछाने

This entry was posted in लोक गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.