~रमेश शुभेच्छु~
विश्वासी जन टाढियो परगयो एक्लो बनायो अब
अर्को को दिनसक्छ त्यो निकटता भेटिन्न होला अब
कत्रो अन्तर लाग्छ एकजनको सामीप्यमा-दूरता
एक्लो लाग्छ जता जहाँ, किन कतै गाँसिन्न त्यो मित्रता –
गाँसु गाँस्न सकिन्न त्यै किसिमको आत्मीय नाता अरू
सोच्तै पाप हुनेछ लाग्छ मनमा एक्लो छु खै के गरुँ –
जानेले अब बिर्सियो परगयोे बस्ने म बिर्सर्ुुहाँ
बिर्सर्ुुभन्छु त सम्झना छ सँगमा एक्लै म जाऊँ कहाँ –
भन्द्यौ निष्ठुर हे ! स्वयं अब तिमी आफन्त छन् को कहाँ
के गथ्र्यौ यदि मै तिमी भइदिए मथ्र्यौ कि बाँच्थ्यौ यहाँ
आस्था घात बनेर डस्छ यसरी को सम्झला यो गति
जो मेरो प्रिय पात्रथ्यो म उसमै कल्पु कहाँ यो मति –
भत्कायौ मुटु निस्कियौ क्रूर बनी टोक्यौँ तिखा दाँतले
ठान्थे कोमल पत्थरै भइदियौ झम्ट्यौ तिनै हातले
मार्ने कर्म गर्यौ मर्यो पनि भन्यौ मर्दैन यो जीवन
यो विश्वास छँदै कहाँ सफल होस् त्यो घात सम्योजन –
-बानेश्वर क्याम्पस, काठमाडौँ
(स्रोत : मधुपर्क, चैत्र २०६३)