~भगवती बस्नेत~
हाँसो खुसिको बहार लिई आऊ नयाँ बर्ष
मेलमिलाप प्रेम प्यार लिई आऊ नयाँ बर्ष
हिमाल पहाड तराई कोहि छैनौ पराई हामी
आनन्दको सुन्दर संसार लिई आऊ नयाँ बर्ष
पीडा अनि दु:ख कष्ट सबै टाढै पन्छाएर
खुसीको समाचार लिई आऊ नयाँ बर्ष
पुराना र नराम्रा सबै कुराहरु बिर्साएर
जिन्दगी जिउने आधार लिई आऊ नयाँ बर्ष
राजनैतिक अस्थिरता निमिट्यान्न बनाएर
खुशी नै खुशी हजार लिई आऊ नयाँ बर्ष
धनी गरिब सानो ठूलो कुनै विभेद नगरेर
सबैलाई समान व्यवहार लिई आऊ नयाँ बर्ष