~आनन्द श्रेष्ठ~
तराईको आगो पनि निभाउनै पर्छ
सबैलाई मिठो आशा दिलाउनै पर्छ
यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने
हार्नेलाई उठाएर जिताउनै पर्छ
छिमेकी त बैरि न हुन् साँधै मिच्न खोज्छन्
“मर्दा पर्दा चाहिने” पाठ सिकाउनै पर्छ
हिमाल पग्ली पानी बन्छ, पहाड चुम्दै आउँछ
त्यै पानीले तराईलाई भिजाउनै पर्छ
जनता नै जनार्दन हुन् “आनन्द”ले बुझ
पदमा टिक्न जनतालाई रिझाउनै पर्छ ।