अनूदित कविता : तिम्रा खुट्टा

~पाब्लो नेरूदा~
अनुवाद: बिनोदबिक्रम केसी

जब हेर्न सक्दिनँ म तिम्रो अनुहार
हेर्छु तिम्रा खुट्टा ।
गुम्बजाकार हाडका खुट्टा
कडा र साना खुट्टा ।
मलाई थाहा छ
तिमीलाई बोक्छन् तिनले
तिम्रो सुन्दर भार उभिएको छ तिनमाथि ।
तिम्रो कम्मर र तिम्रा स्तन,
र स्तनका बैजनी मुन्टा,
तिम्रा आँखाका खोपिल्टा
जो बगेका छन् भर्खर,
तिम्रो चौडा रसिलो मुख,
तिम्रो रातो चुल्ठो
मेरी सानी स्तम्भ !
तर, म माया गर्छु तिम्रा खुट्टालाई
मात्र, किनभने
मलाई नभेटुन्जेल
ती हिँडे
यस धर्तीमा
हावामा
र, नदीमा ।

पाब्लो नेरुदा चिलीका विश्व प्रशिद्द कवि हुन् । उनी बिशेषत आफना प्रेम कविताका कारण चिनिन्छन् ।

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.