~स्पन्दन बिनोद~
आँखाभित्र राखेपछि झर्न दिन्नौ भने
मुटु झिकी दिन्छु मलाई मर्न दिन्नौ भने
सधैँ लालीगुँरासभै फुल्छु त्यो ओठमा
त्यो जवानी पराईको पर्न दिन्नौ भने
वरको त्यो रूखमा हेरिरहनु तिमी
झुण्डेको हुन्छु सिउँदो भर्न दिन्नौ भने
भो फर्कन्न परदेशबाट भेट्न तिमी
तिम्रो नजिक काखैमा सर्न दिन्नौ भने
छालसँगै बगी गर्नसक्छु आत्मदाह
बाँधी हात सँगै खोला तर्न दिन्नौ भने
-स्पन्दन बिनोद, लण्डन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )