~आवाज शर्मा~
ढुक्क भै जिउने जब रहर आयो
ढल्किँदो जिन्दगी नजर आयो
आँशु झैं पिइदिएँ नदी सारा
फेरि भक्कानु भै बगर आयो
हर कदम चाल्छु जुन धरातलमा
त्यै जमिन भासिने खबर आयो
बालुवामा कुँदें मीठा सपना
जे थियो मेटियो लहर आयो
आज बाला सँगै छ यो भ्रम हो
छुट्टिनै पर्ने अब सफर आयो !!