लघुकथा : अनुहार

~यकिना अगाध~

आफूले कार्यभार सम्हालेदेखि उसले घुसखोरी, भ्रष्टचारी, तस्करी, डन सबैलाई तह लायो । आफूले भ्याएसम्मको बेथितिलाई हटाएर थिति बसाल्यो ।

सुशासनको अपेक्षा गरिरहेको सर्वसाधारण जनताको उनी आँखाको नानी बन्यो । सबैतिरबाट वा-वा र स्याबासी पाइरह्यो । सरकारले पनि उसको कामको उच्च मूल्याङकन गर्यो । स्यावासी स्वरुप कनिष्ठ अनुसन्धान अधिकृतबाट वरिष्ठ अधिकृतमा बढुवा गर्यो ।

यसैबीच राष्ट्रिय अन्तराष्ट्रिय तस्करीहरुको ठूलो मात्राको सुन एयरपोर्टबाटै हरायो । अनुसन्धानको मूल जिम्मा उसैले पायो । सानोतिनो काममा छिट्टै नतिजा हात पार्ने उ यसपाली भने फेल खायो । अनुसन्धानकर्ता फेरियो । नतिजा सार्वजनिक हुँदा यसअघि स्यावसीको प्रशंसापत्र हल्लिरहने उसको हातमा हत्कडी भुन्डिरहेको थियो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.