~पाेष्टराज चापागाईं~
छन्द : रोल्मी
पन्ना भर् जति हजार तँ
इस् हुन्छस् गजलकार तँ
गाको भा पुलिसमा बरु
बन्ने थिस् हवलदार तँ
लेख्दैमा समय भो विदा
के गर्छस् अब हतार तँ
खै तेरो मुटु छुने कृति ?
गर्दैनस् किन विचार तँ
त्यै बन्छस् नियतिमा छ जे
ठोक्दै बस् ! बरु निधार तँ !!
छन्द – रोल्मी सूत्र – SSS lll SlS
गण – म न र
विश्राम – ३ अक्षरमा
लक्षण ‘रोमी’मा ‘मनर’ लाउँदै ‘तीनै’मा अडिनु गाउँदै |
गुनगुन – लालाला ललललालला