छन्दबद्ध गजल : द्वार खाेली दिन्छुु

~जीवराज बुढाथोकी~

छन्द: सगरमाथा

बस्छाै भने अँखामा यी, परेलीका, द्वार खाेली दिन्छुु ।
सुन्छाै भने आत्मामा त्यो, सुसेलीकाे, मर्म घाेली दिन्छु ।

चाहिन्छ यो ज्यानै मेरो, भनेनी त्यो, पीर केही छैन,
सक्छाै भने मागे हुन्थ्याे, मनै छेड्ने, आज गाेली दिन्छु ।

जाला कतै सित्तै भन्दै, थुपारेको, प्रेम खेरै जाला
साचो सत्य माया राख्ने, सदाचार्को, माग झोली दिन्छु ।

जान्दैन जो आस्था तिम्रो, नबुझ्नेले, शून्य ठानी देला ,
हीरासरी मान्दा मैले, सबै भाको, जे छ मोली दिन्छु ।

कस्तो छ यो ब्यथा मेरो, नसक्ने ती, ओठ बन्दै गर्न
गुन्छौ भने अन्तर्मन्मा, भित्री मन्कै, भाव बोली दिन्छु ।

जलकार आफ्नै भाषामाः छन्द: सगरमाथा (स्वनिर्मित)
सूत्रः SSI, SSS, SS I, SSS, SIS, SSS
गणः त म त म र म
संरचना १८ वर्ण ८।४।६ मा विश्राम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.