कविता : कानुनका ठेली बनेको के काम ?

~कृष्णराज पौडेल ‘सञ्जाल’~

रुचिविहीन शिक्षा लिइन्छ भने
दक्षता हासिल गरेर के काम ?
व्यावहारिक शिक्षा छैन भने
सयौँ किताब पढेर के काम ?

दृष्टिकोण उच्च छैन भने
धनका पखेटा हालेर के काम ?
परिवर्तन हुन सक्दैनौँ भने
नैतिक शिक्षा पढेर के काम ?

जनताको भलो हुन्न भने
खोक्रो भाषण गरेर के काम ?
सिद्धान्त र व्यवहारमा मिल्दैन भने
नेतालाई ताली मारेर के काम ?

बोलीमा दम छैन भने
जनतालाई सधै ढाँटेर के काम ?
लुट्नेलाई लुट्न दिने हो भने
कानुनका ठेली बनेर के काम ?

भ्रष्टलाई जेल हाल्दैनौँ भने
नेतालाई असल ठानेर के काम ?
जीवन जीउन गह्रो छ भने
नेतालाई सलाम ठोकेर के काम ?

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १८ – March 19, 2014 – २०७० चैत्र ५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.