कविता : तिम्रो र मेरो सम्बन्ध

~कविराज भट्ट ‘बिलौना’~

थोरै समय जोडिने
धेरै जसो तोडिने
भुकम्पको झट्का जस्तै
कहिले मरिहत्या गर्ने
कहिले महशुष नै नहुने
तिम्रो र मेरो सम्बन्ध
फेरी एक पराकम्पनको
पर्खाइमा अडिएको छ ।

भुकम्प, तिमी र म
अनि हाम्रो सम्बन्ध
कसैले कसैलाई चिनेका छैनौ
देखेका छैनौ
मात्र महशुष हुन्छ
जतिबेला हुलका हुल जमातसँगै
कोलाहल गर्दै
सपनाका महलहरु छोडेर
तिमी पूर्वबाट
म पश्चिमबाट
मृत्युको लखेटाइले
एक आपसमा ठोक्किदा
जन्मिएको तिम्रो र मेरो सम्बन्ध
त्यही ठाउँमा होला
जहाँ पराकम्पनले
फेरी लखेटेर ल्याउँदा
एक आपसमा हामी ठोक्निेछौँ
पुनः झस्किने छौँ
अनि तिमी फर्किने छौ
म पनि फर्किनेछु
ऊ त्यही हुनेछ
तिम्रो र मेरो सम्बन्ध
फेरी एक पराकम्पनको
पर्खाइमा अडिएको छ ।

-देहिमाण्डैा ३ फैसलापुर, बैतडी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.