गजल : छाईरा’को छ

~भुवन निस्तेज~

दसैं-तिहारको रमझम सहरमा छाईरा’को छ
भुवन आफ्ना पुराना बूट नै चम्काईरा’को छ

बिहानै देखि नै मान्छे यहाँ झोक्राईरा’को छ
खुसीको तिर्सना गोरु बनाई दाईरा’को छ

लिई गोजी भरी पैसा हिजै गा’थ्यो लुगा किन्न
त्यति पैसा भए रुमाल मात्रै पाईरा’को छ

थियो सल्लाह डाक्टरको लिनू आहार ‘न्यूट्रीसस्’
हजूर याँ माँड नै पाएन मेरो पेट गाना गाईरा’को छ

टिका-जमरा, मिठो खाना अनि त्यो दच्छिना भेटी
दसैंको भूतले निस्तेज मन तर्साईरा’कोछ ।

निस्तेज धनगढ़ी

(स्रोत : अभिव्यञ्जना)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.