~मोहन कोइराला~
बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा
म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ
मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू
त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ
कोही आमाको पेटबाट निस्किन्छन्
आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा
आज कसैले लामो समयको प्रस्थान गरे कतै
बाजाहरू बजे कसैको आगमनको पूर्वतयारी सुरु भयो
बाजाहरू बजे कुनै पूर्वाङ्गको रेखी भुइंमा पर्यो
बाजाको भित्र धेरै अर्थ लुकेको हुन्छ-
बाजा कतै वसन्त श्रवण गर्दा र मालसिरीमा पनि बज्छ
बाजा त आजकाल कुनै ओस्तादले रिवाज गर्दाको
बैठकमा सुनिन्छ
सितारको अभ्यासमा लागेकी नवयुवतीको थप
अङ्गुलीबाट पनि बज्छ
आज कसैले कसैको लामो प्रतीक्षापछिको सम्झनामा
बजाएको पनि छ
कसैले आज कसैलाई धेरै दिनका लागि बिदा गर्नु छ सायद त्यो
धेरै वर्षसगै बसेको मित्र वा आफन्त हो –
कुनै बज्ने बाजा अन्तिम पनि होइन
सुरुआत पनि हुदैन
सहनाई बजेको सुन्दा म कस्तो कार्यमा लागेको छु ज्ञान गर्छु र आज कसैलाई कसैले स्वागत गर्नु छ
कुनै ठुस्सेर रिसाएको खुसी गर्नु छ तेस्तै, अश्रुपूर्ण
कसैलाई बिदा गर्नु छ-
बाजा बज्दा कति अचम्म लाग्दैन, अब ।