~चोमु शेर्पा “खुशी”~
आँसु र हासोमा कति फरक हुँदो रहेछ
मान्छे मान्छेमानी मति फरक हुँदो रहेछ
चोट पुर्याउने जीवनमा एउटै भए पनि
प्रत्येक पलको क्षति फरक हुँदो रहेछ
एकै चिज व्यक्ति पिछे अर्कै अर्कै देख्छन्
हेराई र बुझाईमा अति फरक हुँदोरहेछ
चल्न त पाइलाहरु सबैको चलेकै देख्छु
ढिलो चाडो हिंड्ने गति फरक हुँदो रहेछ
– चोमु शेर्पा “खुशी”
मैवाखोला-४ साँघु ताप्लेजुङ
हाल दमक-१, झापा नेपाल