~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~
(घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिउँ यो जोवन ।।)X3
पहाडी पाखा न्याउलीको भाखा
चिनेको छैन झिम्क्यौँछे आँखा
कसलाई दिउँ यो जोवन
किलिप र काँटा नक्कली पाठा
आँखा झिम्क्याई बोलाउँछन् केटा
कसलाई दिउँ यो जोवन ।।
(घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिउँ यो जोवन ।।)X2
छमछम नाच मुसुमुसु हाँस
बारुले कम्मर तीन ठाउँँमा भाँच
कसलाई दिउँ यो जोवन
@साहित्य सङ्ग्रहालय
बारीको काँस बनको बाँस
नक्कली भेट्यो पैसोको नाश
कसलाई दिउँ यो जोवन ।।
(घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिउँ यो जोवन ।।)X2
यता नि भित्तो उता नि भित्तो
छामछुम गर्छु बगली रित्तो
कसलाई दिउँ यो जोवन
@साहित्य सङ्ग्रहालय
कान्छीको जोवन कस्तो सस्तो
लगाइछु माया मैले यस्तो
कसलाई दिउँ यो जोवन ।।
(घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिउँ यो जोवन ।।)X2
ओठमा लाली कपाल फाली
नङ् चाँही पाली शहर जाली
कसलाई दिउँ यो जोवन
तल छ नाली होस गर काली
नहिँड अब इज्जत फाली
कसलाई दिउँ यो जोवन ।।
(घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिउँ यो जोवन ।।)X6
सङ्कलन , स्वर , सङ्गीत : बुद्धिकृष्ण लामिछाने