नेपाली पप गीत : माया तिमी बिनाको

~सिने गुरुङ~

केटी :
माया तिमीलाई छोडेर
जान पनि म सक्तिन

केटा :
दुई थोपा आसुँ लिएर म
हास्न पनि त सक्तिन

केटी :
नहेर यसरी नजाउ तिमी
यो मुटुलाई छोडेर

केटा :
हेरी देउ एक चोटि मेरो आँखामा
मनमा माया बोकेर @साहित्य सङ्ग्रहालय

युगल :
माया तिमी बिनाको
जीवन मेरो अधुरो छ

केटी :
दोबाटोमा छाढि दियौ
एक्लो पारी मलाई आज

केटा :
कसलाई आफ्नो भन्नु मैले
छुटे पछी तिम्रो साथ

केटी :
आ अ अ हा हा
साथ रहने कसम हाम्रो
तोड्नै पर्ने भयो आज

केटा :
यस्तो मिठो सम्बन्ध छाडि
लाग्नु पर्‍यो आफ्नो बाटो

केटी :
हो हो हाssss

केटा :
माया तिमीलाई छोडेर
जान पनि म सक्तिन

केटी:
दुई थोपा आसुँ लिएर म
हास्न पनि त सक्तिन
नहेर यसरी नजाउ तिमी
यो मुटुलाई छोडेर

केटा :
हेरी देउ एक चोटि मेरो आँखामा
मनमा माया बोकेर

युगल :
माया तिमी बिनाको
जीवन मेरो अधुरो छ…

शब्द : सिने गुरुङ
सङ्गीत : सिने गुरुङ, सविना राई
स्वर : सिने गुरुङ, सविना राई
एल्बम : माया

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.