~इलामेली टीकाराम दुलाल~
मसिना चिचिला जोगाउन मैले सकिन मेरो आँगनीमा
टुसाएका बृज मासिन्छन् स्वार्थ लिन मेरो आँगनीमा
कस्लाई गुहारौ? छिमेकीलाई, तर घरको मामिला
समस्या सुल्झाउन खै म जान्दिन मेरो आँगनीमा
भाचिएका लाछिएका मेरा तुलफुलहरू हेर्दै हुन्छु
देखेर भक्कानिन्छु हरपल हर छिन मेरो आँगनीमा
मेरो बगैँचा र मेरो देशको पीडा उस्तै छ आजभोली
कलिला मुनाहरू चुडिन्छ मासिन मेरो आँगनीमा
इलामेली टीकाराम दुलाल
२०७५/०६/१२ रोज ५
नक्साल, काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )