गजल : पछि गर्दै गरौंला

~शेखर ‘अस्तित्व’~

मूर्तिलाई नमन पछि गर्दै गरौंला !
धर्म कथा श्रवन पछि गर्दै गरौंला !

हत्केलाका ठेला ताली बजाउनै दिन्नन्,
भगवानको भजन पछि गर्दै गरौंला !

बा-आमाको वृध्दावस्था लौरो खोज्दैछ,
अहिले जान्छु, हवन पछि गर्दै गरौंला !

आँखा हुँदा सम्म स्वप्न हेर्न दिनुस के !
चाहनाको दमन पछि गर्दै गरौंला !

बाँझो खेतले बोला’को छ हलो लिएर !
तीर्थ यात्रा गमन पछि गर्दै गरौंला !

छोरा-छोरीको स्कूलको फीस तिर्नु छ !
प्रवचनको मनन पछि गर्दै गरौंला !

आज-भोलि टोलाएका आँखा पढ़्दैछु !
शास्त्रको अध्ययन पछि गर्दै गरौंला !

बुटवल–६
हाल : मुम्बई,
20-03-2014

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.