~राम गैरे ‘पाल्पाली’~
जितेमा संसार नत्र हत्कडी हुनेछ
युवाको बिहानी त्यहाँ सिखर छुनेछ
सपना बोकेर हिड पाइन्छ बिहानी
जगाई चेतना दुखीको पिडा धुनेछ
सोचेर उसले यही बनायो काहानी
मोरेर रहने बाटो यथार्थ चुनेछ
जिउदो मनाव हुन्छ सेवामा खटिन्छ
स्वार्थमा मानिस हेर अन्तिमा रुनेछ
पढेर उसले नयाँ भेटायो चाहना
खोजेर एकता रातो माला नै उनेछ
पाल्पा (हाल हरियाणा, भारत)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ३० – June 22, 2016 – २०७३ आषाढ ८ गते, बुधबार)