कविता : तिम्रो जन्ममुहूर्त

~भिमदर्शन रोका~Bhim Darshan Rokka

तिमी नाचिरहेछौ
तिम्रो नाच
एक विशाल भवन
छन् जहाँ मुद्रा र हजारौँ हातहरु
खुट्टैखुट्टा र स्तम्भैस्तम्भहरु
फन्कैफन्काहरु
कोठैकोठाहरु
भरिएको छ भवन झ्यालैझ्याल,ढोकैढोकाहरुले
देखिन्छ भित्रभित्र
डो¥याई लैजान्छ भित्रैभित्र
अटाएका छन् जहाँ हजारौँ मानिसहरु
लाखौँ कम्पन र तरल तरङ्गहरु
हे सृजना !
हे पानी–लहर !
तिम्रो किनार किनारमा
गाउँगाउँ र शहरैशहरहरु
हे नेपाली नदीका भुल्का हो !
यो तिम्रो जन्ममुहूर्त
आज तिम्रो जन्मदिन !

****

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.