~नारायण पन्त~
अझै आशा थियो
तिमी शान्ती र विकास संगै फर्कने द्दौ
फेरि पनि एक्लै आयौ
आम जनतालाई निरास पारयौ
कहिले यस्को नाममा
कहिले उसको नाममा
यो देशका डाक्टर, वैद्य हौं भन्नेहरुको
स्वार्थको डोको
कांधमा हालेर
रुप बदली बदली आयौ ।
राष्ट्र् र जनताको लागि भनेपनि
अनेक बहाना गरेपनि
देश त खरानी भयो
नयां नेपाल त कठै नर्कै सरी भयो
जातभात हामीले धेरै विर्षिसकेका थियौं
तर जातकै नाउंमा डढेलोा लगायौ
कानूनी राजको नारा लगायौ
तर कानूनको नमिठो धज्जी उडायौ
समानताका पुजारी हौं भन्यौ
तर हक खोज्नेलाई लाठी बजारयौ ।
अराजकतालाई बल पुरयायौ
ठगी र जालसाजीको कलाा सिकायौ
यो कस्तो मनपरीतन्त्र भित्रयायौ ?
टयाक्सी मिटर विगार्ने
मनमानी रोक्दा हडताल गर्ने
कामदार कारखाना विगार्ने
मालिक मजदूर धिक्कार्ने
गुन्डादेखि पुलीस डराउने
कर्मचारी थिति भत्काउने
नेता त झन देशै विगार्ने ।
बन्द, तिमी त जोतिनु जोतियौ
घाामपानी भनेनौ
ढुंगा खायौ
अश्रुग्यासले निशासियौ
गोली पनि खानुखायौ
स्वार्थीहरुको हतियार भयौ
अपराधीहरुको मतियार भयौ
ती नले त ठूलै भाग पाए
उपचार र क्षतिपूर्ती पनि पाए
तिमीले त केवल पीडा पायौ ।
तिमीले अब जूनी फेर्नूद्द
यो माटोको रिन तिर्नू छ
बेथिती र अराजकता निम्त्याउनेलाई
पाठ सिकाउनु पर्ने छ
भूmठको साथ छोड्नू छ
सुन्दर शान्त नेपालको जग बनाउन
सत्यको साथ दिनु छ
अब नयाँ अवतार लिनु छ
वन्द भन्नेलााई भन्नुु छ
पिडा असह्य भो
अब त केही सास फेर्नु छ ।