कविता : तिमी र म

~निशब्द प्रमोद~

तिमी र म
तिमी तिमी मै छौ
म ममा रहिन
तिम्रा याद मै सङ्ग छ
ती यादमा म भैन।

तिम्रा एकल यादहरू
यादका बज्रपातहरु
कति सहेँ कति मुर्छित भएँ
कति भेल आए
कति कम्पन आए
हिजो लगाएको प्रेमको आज परिणाम पाएँ।

ममा तिमी

तिमीमा म हुँदा
तिमीलाई छोएको बतासले मलाइ छुँदा
म भित्रको तिमी पनि त मुस्कुराएकि थियौ
तर आज म रित्तदा तिमी किन भरिएकी छौ?

तिमी भरिनै बस
मै रित्तो बसुँला
रित्तै म
म बिनाका तिम्रा यादहरू
ती याद सम्झँदै बसुँला।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.