कविता : आमा

~दाजु गुरुङ~Daju Gurung

आमाको काँख
लाखौमा लाख ।

वर्षातमा छाता
घाममा छाँया
आँचलको कवच
जननीको माया ।

पिडामा मलम
तृष्णामा कोशी
पिउछिन आँसु
वाड्छिन खुसी ।

अनन्त आकाश
ममताको वगान
धरतीको स्वर्ग
आमाको आँगन ।
आमाको काँख
लाखौमा लाख ।।

दाजु गुरुङ , हङकङ

(स्रोत : नारीदर्पण डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.