~केपी अनमोल~
एक हुल ठिटाहरु
म तिरै आउदै थिए,
भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर
दाइ ! एक फूँक मार्ने हो ?
जुगाँको रेखि त बसेकै छैन
चिउडोमा पलाएका
दुई चार झुस बर्टादैं भन्छन्,
शिवरात्री हो, शिवरात्रीले गर्छ…..।।
कति सस्तै मिल्ने, क्या मज्जा…
टोल गल्ली, देवस्थल, जता पनि
खुद, बाबाले बुटी
बेच्ने भएपछि, टंन्टै साफ ।।
बडों गजब छ,
संस्कृतीका नाममा अचाक्ली,
प्रसाद भनेर बिष ?
बिन्ती छ, मंन्त्र भनेर हतियार नदिनु ।
बरु, तिम्री पार्बतीका लागि
शान्त, शालिन भै देउन,
भाँङ धतुरो, अहँ….
त्यो त, जोगीको खुँराक ! जसको बस्त्रै हुँदैन ।।
दाइ यार, क्या स्याड् बनायौं,
एक दिन हो, यसो हल्का….
पछि त, पाउनै गारो
शिवरात्री पो, खै कुरा बुझ्या ??
अरे, मेरे बाप ! तिमीलाई देखेर
मन टिठायो,
कठै, अग्रजबाट यहि सिक्यौं हम्ले
बिरालो बानेर, श्राद्ध ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)