~दीप गोले~
परिवर्तन हुन्छ अवश्य कसैले छेक्न सक्दैन
चल्छ क्रान्तिको आँधीबेहरी कसैले रोक्न सक्दैन
सचेत बन्दै जनता जब आउँछन् क्रान्ति मैदानमा
जनएकताका सामु कागजी बाघहरू खोक्न सक्दैन
मुर्खहरू धनदौलतले क्रान्तिलाई किन्न खोज्दैछन्
याद राख धनदौलतले क्रान्तिलाई बोक्न सक्दैन
चलिरहन्छ वर्गसङ्घर्ष आउँछ पक्कै जनताको सत्ता
अवसरवादी कायरहरूले क्रान्तिपाठ घोक्न सक्दैन
क्रान्ति यात्रालाई रोक्न चक्रव्यूह रचिरहेका छन्
प्रतिक्रियावादी कुकुरहरूले क्रान्तिवीरलाई टोक्न सक्दैन
पौराई, रौतहट (हाल काठमाडौँ)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ७ – Jan. 8, 2014 – २०७० पौष २४ गते, बुधबार)