बढ़ी नै खोक्यौ तिमीले औषधि खाऊ साथी
रयाल खकार जाचउन अस्पताल जाऊ साथी
गारो हुन्छ पछि फेरि रोग बढ्दै गयो भने
बोल्न पनि न सकौला भएपछि घाऊ साथी
क्यान्सर नै हुन सक्ने सम्भावना देख्छु म त
बेलैमा होस राखी मलम पट्टी लाऊ साथी
बन्ध गरि बुद्धिलाई बस्नु हुन्न कैल्यै पनि
जुठो पुरो दिउला तिम्लाई हामी सामु आऊ साथी
मक्किएर डाडा भाटा घरसम्म ढल्न सक्छ
चुहिएको मनको छानो समयमै छाऊ साथी
हाल:- बोस्टन, अमेरिका