~हिरारत्न श्रीशा~
पूर्वदेखि पश्चिमसम्म थर्काउँदैछ राजमोले
संघीयता, जातिवादलाई तर्काउँदैछ राजमोले
सिंगो नेपाल चाहिन्छ भन्दै जनता सचेत गराएर
गरिब, राष्ट्रप्रेमीको दिन फर्काउँदैछ राजमोले
गरिब मजदुर जनताका दुःख बुझ्दै बुझाउँदै
देश बचाउने नाराहरु चर्काउँदैछ राजमोले
जातिवादी, राष्ट्रघानी उफ्रँदैछन् दैलोमा
प्रतिकारमा तिनकै गला मर्काउँदैछ राजमोले
संघीयताका झुठा सपना निमोठेर यथार्थलाई
जनता सामु पानी जस्तै दर्काउँदै छ राजमोले
–वाङला, अर्घाखाँची (हाल कुवेत)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक 43 – Sep. 18, 2013 – २०७० असोज २ गते, बुधबार )