गीत : किन यसरी टोलाएको के भो हजुरलाई

~किरण खरेल~

किन यसरी टोलाएको के भो हजुरलाई
कुन पापीले लगायो टुना हजुरलाई
किन यसरी

पहिले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ
जति गिज्याए पनि किन हो रिसाउनै छोड्यौ
अलि अबेर म आउँदा गल्ती भयो कि क्या हो
मेरो मायामा शङ्का तेर्सिदियोकी क्या हो
किन यसरी टोलाएको

आऊ नजिक मेरो म होस जगाइदिन्छु
फुक्फाक गरेर छिनमै म रोग भगाइदिन्छु
भईगो बरु नबोल रिसाइदेऊ एक्छिन
आँखा तरेर घुम्टो खसाइदेऊ एक्छिन
किन यसरी टोलाएको

शब्द : किरण खरेल
सङ्गीत : शिवशङ्कर मानन्धर
स्वर : माणिकरत्न

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.