~नारायण माया बोहोरा ‘नन्दनी’~
‘तिमी मेरो मनले खाएकी नारि’ उ भन्छ ,
तिमीलाई सन्सारकै सुन्दर सफल महिला बनाउन चाहन्छु’
प्रफुल्लीत हुन्छु
आफुप्रती मायाको आभाष पाउदा,
लाग्छ
उसका सपना,
उसका कल्पना,
उसका चाहना
म नै म ले भरिएका छन
उ नै मेरो प्रेरक हो,
उ नै मेरो हितैषी हो ।
किर्तिपुरका सुवर्णमय फांटहरुमा,
खेतका गह्रा हुँदै
संसार चिनाउन लग्छ मलाई,
कुनै बेला उ अघी म पछि,
कुनै बेला म अघी उ पछी
अनि कुनै बेला एउटाै लहरमासंगै हिंडिरहन्छौ,
यी निर्दोष पलहरुसँग आत्मियता गांसिन्छ मेरो,
अप्ठ्यारा गह्राहरु पनि
कालोपत्रे चिल्ला समथर सडक झै लाग्छन्,
सोच्छु
यी क्षणलाई
घडिका सुइभित्र कैद गर्न पाए,
यी पललाई टप्प टिपेर
आफुभित्र समाहित गर्न पाए,
लाग्छ
यी पलहरु मतिर्
अनि मेरा सफलताहरु अर्कातिर्,
उ पर का बोटहरु के हुन थाहा छ’ उ सोध्छ्,
‘गहुँ ‘ म भन्छु,
‘जौं हुन्’
‘गहुं र जौं एउटाै होईनन् र ?’
‘होईनन्, यि एउटाै जातिका फरक प्रजाती हुन्’ उ प्रष्ट पार्दछ, ‘
उ त्यो मन्जुश्री पार्क हो’ उ भन्छ,
‘को हुन मन्जुश्री ?’
‘किम्वदन्ती अनुसार काठमाडौं उपत्यकामा बस्ती बसाउने मान्छे हुन् उनी’
‘उ त्यो जल विनायक मन्दिर हो, काठ्मांडौ उपत्यकाका चार विनायक मध्य एक ‘
अनुगृहित हुन्छु उ प्रती म
जीवित ज्ञान पाउंदा,
नतमस्तक बन्छु म
उस्को सरलतामा,
अनि,
बेजान, निरर्थक लाग्छन
विश्व ज्ञानकोषका हरेक अक्षरहरु पनि
‘निकै गर्मी भो ‘ म भन्छु,
हातको छाता
खोलेर ओढाउंछ मलाई,
भव्य महलको ओत होईन
छाताको छहारिमा
शितलता महसुस गर्छु म,
लाग्छ्
घामपानीबाट जोगाउने
अभुत्पुर्व मित्र हो छाता मेरो
सडक छेउको पसलमा
हरियो काँक्रा अर्डर गर्छ उस्ले
आफुलाई उन्मुक्त पन्क्षी ठान्छु
अद्वितीय मिठास पाउछु म
सडक छेउमा उभिएर खाँदा,
तेस्तो उन्मुक्ती जुन्
पांचतारे होटेलमा पाइंदैन्
तेस्तो स्वाद जुन्
चौराशी भोजनमा छैन्
मानिसको खुशी
स-साना पलहरुमा
अडेको हुन्छ,
सोच्छु
ती अमुल्य पलहरु अंगाली जिउन पाए ।
– हाल दक्षिण कोरिया