गीत : सम्झी रुन्छ

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ
चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ

सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ
सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ
नदी हुँदा मायालु त्यो किनार संगै हुन्छ
यसो भन्दै उस्कै छेउमा अर्को नदी रुन्छ

नशालु त्यो क्षणहरु सधैं आँखा वरिपरी
बितेका ति पलहरु झ्स्काइ रहन्छ घरिघरी
समुद्रले किनाराको याद कहाँ धुन्छ
त्याहा भित्र हरेक नदी किनार सम्झी रुन्छ

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.