कविता : केवल

~कौशिला रिसाल~

युगको प्रविधि ,
समयको तातोले
खुइलिएको मन
शीतल गर्ने बाहना
मेरो हातमा छ अहिले,
सामसुङ्ग सेभेन एक्स ।

बानी परेकै हो,
दायाँ हातको चोर औँला थिच्छ
कि प्याडको गणित अङ्क ९८४१……
उता पनि हातैमा रहेछ
एक घण्टीमै आयो
आवाजको हेल्लो….
यही परिचित आवाजसँग
निरन्तर सम्पर्कमा छु
म यता आएदेखि ।

म– के.. ..छ ? खबर
उनी– के हुनु नि हजुर, दशैँ आयो
म – अलि झस्केको स्वरमा
हैन आएकै हो र ?
उनी– अलि निराशाको स्वरमा
आयो हजुर, आइसक्यो ,
…..तर खोई ?

मेरो प्रश्न उनलाई ,
खोई आँगनको पिर्केपिङ ?
खोई बँगैचाको लिङ्गेपिङ ?
खोई कोलडाँडाको रोटेपिङ् ?

म केवल दशैँ नामको भूतलाई
छल्न खोज्दै थिएँ,
कतिबेला फोन काटिसकिछिन् उता ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.