गीत : आँसुसँग हाँसो साटेर जाऊ

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

आँसुसँग हाँसो साटेर जाऊ
म पिऊँछु आँसु तिमी खुसी लीएर जाऊ ।

जन्मेको हूँ म अर्काको दुःख हर्न
आनन्द हुन्छ मलाई हाँसो दिँदाको क्षण
नरोऊ धर्धरी तिमी जीवन अमूल्य छ
भाग्यको भरमा होईन कर्म गरेर जीऊ

भरोसा छैन हाम्लाई अरु कसैको
संसार बिशाल छ शीर उँचो गरेर जीऊ
सगरमाथा झैं अटल भएर हामी रहुँ
आऊ हातमा हात मीलाई आँसु र हासो साटौं

म पिऊँछु आँसु तिमी खुसी लीएर जाऊ
जन्मेको हूँ म अर्काको दुःख हर्न
जीवनको अनन्त यात्रा आँसु समाधान होईन
हाँसोमा हाँसो मीलाई संसार जीतेर बाँचौं ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.