गजल : मन किन रुन्छ

~उर्मिला कोईराला ‘आँसु’~

सम्झिएर अझैपनि मन किन रुन्छ
भनिदेन ए चाँदनी मन किन रुन्छ ।

बर्षौ भयो अझैपनि छैन कुनै खबर
औंला भाँच्दै दिन गनि मन किन रुन्छ ।

दिन बित्छ जति याद बल्झिदिन्छ उति
भित्रभित्रै व्यथा बनि मन किन रुन्छ ।

तिम्रो जस्तै मेरोपनि मुटु उस्तै भन्थ्यौ
बिर्सियौ कि तिम्ले भनि मन किन रुन्छ ।

किन झर्छ आँखाबाट ‘आँसु’ रक्तधारा
हृदयमा पैरो खनि मन किन रुन्छ ।

– काभ्रे

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.