~डा. संगीता स्वेच्छा~
ऊ हाँसेको देख्दा
लाग्थ्यो जीवन यसैको नाम हो
तर,
त्यो हाँसो मात्र एक
पीडा ढाक्ने आवरण
अनि,
ऊ आफैलाई सान्त्वना दिने
छद्म भेष थियो ।
मैले ऊ मरेको देखेकी छु
एकचोटी होइन
दुईचोटी होइन
पटक पटक देखेकी छु
किनकि, उसको त्यो मृत्यु
केवल भित्र थियो
मृत्यु आत्माको थियो
अन्त्य अन्तरात्माको थियो ।
जीवन जिउने नाममा
ऊ हरेक दिन मर्थ्यो
अनि,
फेरि झिनो आशाको साथमा
लड्खडाउँदै बिउँझिन्थ्यो ।
ऊ पटक पटक
डिप्रेशनको पीडाभित्र
यसैगरी फेरि मर्थ्यो
शायद उसले जीवन जिउन
सँधैको लागि
बिर्सिसकेको थियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )