लघुकथा : विचार

~यकिना अगाध~

एकदिन उ घुम्दै फिर्दै कुकुरलोक पुग्यो । कुकुरहरु आ–आफ्नो धुनमा थिए । कोही खाँदै, कोही खेल्दै त कोही सिकार गर्दै । उसलाई त्यहा एक्कासी देखेर तिनीहरु एकत्रित भए । उसलाई तिनीहरुको झुण्डले झण्डै सिकार बनाएनन् ।

कुकुरको यस्तो स्वतन्त्र जीवन देखेर त्यस मान्छेलाई ईख पलायो ।

उसले तिनीहरुलाई फकाउनको लागि मानवलोकको वर्णन सुनायो । त्यहाँको स्वर्गीय सुख शान्तिको कुराले तिनीहरु लोभिए । उसँगै तिनीहरु मानव लोकमा आए । मानवलोकमा ल्याएपछि उसले तिनीहरुलाई मान्छेको गुण, बानी, ब्योहोरा सिकायो । नयाँ ज्ञान सिक्न पाउँदा तिनीहरुलाई पनि रमाइलो नै लाग्यो र जे जे सिकायो त्यही त्यही खुरुखुरु सिक्दै गए । तिनीहरुमा छलकपट रहित प्राकृतिक गुण सर्लक्कै हरायो र मान्छेको जस्तै चाकडी, चाप्लुसी, दम्भ र अहंकारले भरियो ।

तिनीहरुले आफू छुट्टै अस्तित्व बोकेको जनावर मात्र होइन आफ्नो छुट्टै लोक छ भन्ने पनि बिर्सिए । एक गाँस भातको लागि त्यही मान्छेको वरीपरी आसे भएर उसैको अह्राउ खटाउको नारकीय जीवन बिताइ रह्यो ।

तै पनि तिनीहरुलाई आफ्नो स्वतन्त्र जीवन भएको लोकमा फर्केर जाने होस कहिल्यै आएन ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.