~आविष्कार कला~
खै
मलाई थाहा छैन
ढुङ्गा रूज्छ
कि
ढुङ्गा भिज्छ ।
मलाई थाहा छैन
जनता आफै जाग्छन
कि
जनतालाई जगाउनु पर्छ ।
मलाई थाहा छैन
क्रान्ति आफै हुन्छ
कि
क्रान्ति गर्नुपर्छ ।
यि सब
नियतिका रूपमा भएका छन्
या
जवरजस्त गरिदैछ
म संग प्रश्न छ
केबल
उत्तर छैन ।
यि प्रश्नको उत्तर खोज्न म
पेरिसमा
वर्लिनमा
रूस देखी चिन सम्म
जापान देखी अमेरिका
मात्र होइन
सगरमाथाको सिर देखि
होल्याण्डको फेद सम्म पुग्दैछु ।
म उत्तर भेटाउछु भेटाउदैन
थाहा छैन ।
तर म
मेरो यात्रामा
अनवरत हिडिरहनेछु
जव सम्म
जनता आफै
जाग्छन
या
जगाउन पर्छ
क्रान्ति आफै हुन्छ
या
क्रान्ति गर्नुपर्छ ।
– मल्लरानी ३ प्यूठान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )