~जीवराज बुढाथोकी~
सयमा कति छाै किन भन्नु पर्याे ?
अनुमान सही किन गन्नु पर्याे ?
नचिनी नबुझी कति छाै गहिराे,
सतही नहरै किन खन्नु पर्याे ?
बदनाम कि नाम रहन्छ यहाँ,
कि त चाेर कि साधु त बन्नु पर्याे ।
नयनै ठिक ती दुनियाँ ठिक त्याे ,
बक सत्य कुराे किन कन्नु पर्याे ?
न छ अाय कुनै न छ लाभ कुनै,
भुस त्याे किन व्यर्थ निफन्नु पर्याे ?
छन्दः ताेटक
सुत्रः IIS, IIS, IIS, IIS
गणः स स स स
बहरे मुतकारिब मुहबक ११२ ११२ ११२ ११२
वर्णः १२ मात्राः १६ विश्रामः ३।६
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४