गीत : मेरो सानो संसार

~दिव्य खालिङ~Divya Khaling

मेरो सानो संसार तिमीलाई अटेन
मेरो चोखो माया तिमीलाई पुगेन
मेरो घाम र जुन तिमीलाई रुचेन

मायाको उजेलोलाई मैले रात भनिन
तिम्ले जति दिन चाह्यौ मैले कम भनिन
तिमी सत्यलाई चाहे गल्ती ठान
दुइटा मन जलाउने म आफैलाई ठान्छु

टिठाएर दिए जस्तो माया नै चाहिन
तिम्लाई दिनुपर्ने भनी बाचा नै राखिन
तिमी अरूलाई चाहे जे सुनाऊ
मनको व्यथा म आफैलाई सुनाउँछु

शब्द , सङ्गीत : दिव्य खालिङ
स्वर: नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.