गीत : त्यो रात अँध्यारो रात

~रवीन्द्र शाह~Rabindra Shah

त्यो रात अँध्यारो रात
मैले त भूल गरी सकें
तिमीले किन सही दियौ

पत्थर होइन मान्छेको मन
रोक्दा रोक्दै मात्तिन सक्छ
जब मानिस बेहोस हुन्छ
मायाको मोल बिर्सन सक्छ
जब म आँधी भएर आएँ
तिमीले यौवन सम्हाल्नु पर्छ

देवता मात्र होइन मानिस
दानव पनि हुन्छ ऊ भित्र
विश्वास मात्र होइन जीवन
आवेश पनि हुन्छ ऊ भित्र
जब म तिर्खा लििएर आएँ
तिमीले खोला सुकाउनु पर्छ ।

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.