कविता : उस्तै दुख्छ देश यहाँ पनि

~राजेन्द्र शलभ~

कसैले सोध्नु अघि म आफ़ैँ भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुँ मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न
तर, तिमीले बस्नै दिएनौ
र म देश छोडेर हिँडेँ ।

परदेशमा नि कहाँ देश बिर्सिन सकिन्छ र?
देशमा अझै अँध्यारोको शासन छ
सुरछा भन्दा बढी डर छ
सुबिधाको साटो आश्वासन छ
सम्रिध्दिलाई स्वार्थले छोपेर
अझै साँढेहरू जुधी नै रहेका छन
अझै लठीको हैकम चलिरहेको छ
यस्तो कुशासनका बेला
गणतन्त्रका नाममा मणतन्त्र भएका बेला
मैले केही दिन अझै किन पर्खिन
भन्ने पनि लाग्न छोडेको छ ।
तिमीले सोध्नु अघि म आफैँ भन्छु
अझ बढी सताउँछ भूगोलले
झन पिरोल्छ सम्झनाले
यहाँ पनि घरि घरि
अनिश्चितताका पर्खालहरू ठडिन्छ्न्
अन्यौलका बाटाहरू पसारिन्छ्न्
तर तिमीले जस्तो खुट्टा तान्दैनन् यिनीहरूले
अझ वास्तै गर्दैनन यिनले त
र घरिघरि आभाश हुन्छ- देशमा नभएको
देश बाँउडिएर आउँछ मनभरि
म यहां परदेशमा छु
तर उस्तै दुख्छ देश यहाँ पनि ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.