गीत : जिन्दाबाद मुर्दावाद

~जीवन पुन~

जिन्दाबाद जिन्दाबाद जनएकता जिन्दाबाद १
मुर्दावाद मुर्दावाद सामन्ती सत्ता मुर्दावाद १

काला कानुन बन्दैछन् झुप्रा छाप्रा जल्दैछन्
गरिबको पसिनामा सामन्ती दाई खेल्दै छन्
होशियार जनता हो हामी एकजुट हुनै पर्छ
सामन्ती सत्तालाई बज्र मुक्का दिनै पर्छ

जिन्दाबाद……………………………
मुर्दावाद……………………………….

संविधान सभाको चुनाव भयो देशमा
शासकहरू आउँदैछन् है नयाँ नयाँ भेषमा
जनता एक भई तिनलाई अब फ्याक्नै पर्छ
गरिब दुःखी जनताको संविधान लेख्नैपर्छ

जिन्दाबाद……………………………
मुर्दावाद……………………………….

विदेशीको इसारामा सङ्घीय नेपाल
गरिब दुःखी जनताको हुँदै गा’छ बेहाल
सङ्घीय शासनलाई हामी खारेज गर्नै पर्छ
नेपाली जनता एकजुट भई लड्नै पर्छ

जिन्दाबाद……………………………
मुर्दावाद………………………………..

–अर्घाखाँची

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २९ – June 11, 2014 – २०७१ जेष्ठ २८ गते, बुधबार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.